ग्लोबल आइएमईको नयाँ वर्षको क्यालेन्डर सार्वजनिक

काठमाडौं– ग्लोबल आइएमई बैंकद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर समावेश गरी नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष चन्द्र ढकालले एक समारोहबीच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेका छन् । क्यालेण्डरमा दशकौं अघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यासलाई कैद गरिएका दुर्लभ तस्वीर समावेश गरिएको छ ।
तस्वीरले समयको प्रवाहसँगै परिवर्तन भएका जीवनशैली र रहनसहनको स्मरण गराउँदै नयाँ पुस्तालाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाका बारेमा जानकारी गराउन सहयोग पुग्ने बैंकको दावी छ । अध्यक्ष ढकालले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए ।