नेपाल बैंकको ६५औं वार्षिक साधारणसभा

काठमाडौं– नेपाल बैंकको ६५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वित्तीय विवरण पारित गर्दै सम्पन्न भएको छ ।
सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका समेत रहेकोमा उच्च अदालत पाटनको अल्पकालिन अन्तरिम आदेशबाट रोकिएको बैंकले जनाएको छ ।