सिद्धार्थ र एलकेएस डेन्टलबीच सम्झौता

काठमाडौं– सिद्धार्थ बैंक र एलकेएस डेन्टल सोलुसनस्बीच विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार काठमाडौंको बिजुलीबजारस्थित एलकेएस् डेन्टलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा दाँत सम्बन्धी सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।