जापानले खानेपानी आयोजना निर्माण गरिदिने «

जापानले खानेपानी आयोजना निर्माण गरिदिने

जापान सरकारले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा निर्माण हुने खानेपानी आयोजनाका लागि सहयोग गर्ने भएको छ । उक्त आयोजना निर्माणका लागि बुधबार नेपालका लागि जापानका राजदुत एच साइगो मासामिची र आदर्श नेपालका अध्यक्ष कल्पना मल्ल ठकुरीले हस्ताक्षर गरेका छन् ।
जापान सरकारको ग्रासरुट्स मानव सुरक्षा परियोजना (जीजीपी) को अनुदान सहायताअन्तर्गत करिब एक करोड रुपैयाँमा उक्त परियोजना निर्माण हुने भएको हो । आयोजनाले खानेपानीका लागि इनार र फिल्टर प्लान्ट निर्माणमा रकम खर्च गर्ने बताइएको छ । आयोजनाले पाथीभरा आधारभूत विद्यालय र समुदायमा समेत निशुल्क खानेपानीको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ । अनुदान सम्झौतामा हस्ताक्षर गर्दै राजदुत मासामिचीले आयोजना निर्माण भएसँगै विद्यालय र समुदायको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्