नेप्से परिसूचक घट्दा कारोबार रकम बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार घटेको छ भने बुधबार कारोबार रकम बढेको छ ।
नेप्से परिसूचक बुधबार १४ दशमलव ८८ अंकले घटेर २ हजार ६ सय ८२ दशमलव १५ विन्दुमा कायम भएको हो । मंगलबार ४ अर्ब ३४ करोडको कारोबार भएकोमा बुधबार ३ सय ११ वटा कम्पनीका ९५ लाख ८३ हजार कित्ता शेयर ५ अर्ब १४ करोड रुपैयाँमा किनबेच भयो ।
बुधबार होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स र जीवन बीमा कम्पनीको शेयर साढे १ प्रतिशतले ओरालो लागेको छ । बुधबार सामुदायिक लघुवित्त कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन बुधबार मिथिला लघुवित्त कम्पनीको शेयर भने ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।