Logo

सीजी इलेक्ट्रोनिक्सले नेपालमा ल्यायो भारतीय एयरकुलर ब्रान्ड बर्ली

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले नयाँ ब्रान्ड बर्ली भित्र्याएको छ । भारतकै ठूलो एयर कुलर ब्रान्ड चौधरी ग्रुपले नेपालमा भित्र्याएको हो । बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ । मल्टी युटिलिटी प्रोडक्टको रूपमा रहेकाले सबै सिजनमा प्रयोग गरिरहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा उत्पादित वस्तुहरूको अनावरण सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले गरेका थिए । बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनको विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादन पनि नेपालमा आउने जानकारी दिए । बर्लीले नेपाली बजारमा प्रवेशसँगै सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक एकमात्र वितरकको रूपमा नियुक्त गरेको छ ।

यो सहकार्यले उच्च गुणस्तर, किफायती मूल्य र उपयोगमैत्री समाधान नेपाली ग्राहकको पहुँचमा पुरर्‍याउने उद्देश्य राखेको छ र यो सहकार्य आगामी दिनमा अझ विस्तार र सुदृढ हुने अपेक्षा गरिएको छ । सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वमा बढी बिक्री हुने बर्ली ब्रान्ड भित्र्याएको बताए । उनले जलवायु परिवर्तनसँगै नेपालमा हरेक वर्ष गर्मी बढिरहेको बताउँदै सहरदेखि गाउँसम्म बर्लीको प्रयोग गर्न मिल्ने उल्लेख गरे । नेपालमा सार्वजनिक भएसँगै सीजी इलेक्ट्रोनिक्स बर्लीको ७२औँ डिलर बनेको छ । बर्ली सन् २०१८ मा भारतमा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्