लागू औषधसहित दाजुभाइ पक्राउ
म्याग्दी- जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागू औषधसहित बेनी नगरपालिका–७ मंगलाघाटका मनोज खत्री र उनका भाइ आशिष खत्रीलाई पक्राउ गरेको छ ।
लागू औषध बेचविखन र कारोबारमा संलग्न रहेको गोप्य सूचनाको आधारमा घर खोजतलास गर्न गएको प्रहरी टोलीले ठूलै परिणाममा लागू औषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धुव्रप्रसाद शर्माले जानकारी दिए ।
१०४ एम्पुल डाईजापाम, १०४ एम्पुल फेनेरागन, १०६ एम्पुल नुर्फिन र २ थान सिरिन्ज प्रहरीले बरामद गरेको छ ।