Logo

नेपाल विजनेस समिटको इन्टरनेट पार्टनरमा वल्र्डलिंक

काठमाडौं– नेपाल विजनेस समिट २०२५ को दोस्रो संस्करणमा वल्र्डलिंक कम्युनिकेशन्सले इन्टरनेट साझेदारको रुपमा साझेदारी गर्ने भएको छ । आगामी वैशाख ७ गते काठमाडौंमा आयोजना हुने सम्मेलनमा साझेदारीबारे शुक्रबार वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडकातर्फबाट अध्यक्ष दिलिप अग्रवाल र नेपाल विजनेश इन्स्टिच्युट ( एनबिआई ) का तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गरे ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चेम्बर अर्फ कमर्श, नेपाल विजनेश इन्स्टिच्युटको आयोजना रहने सम्मेलनमा विभिन्न मन्त्रालय र स्थानीय तहहरु, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार निकायहरुले साझेदारी गर्नेछन् । वल्र्डलिंकका अध्यक्ष अग्रवालले स्टार्टअप, इनोभेसन र सुचना, प्रविधिको विकासमा सरकारले प्राथमिकता दिनुपर्ने बताए ।

राष्ट्रियस्तरमा आयोजना हुने यसखाले सम्मेलनले सरकारको नीति निमार्णमा सहजिकरण र निजीक्षेत्र मैत्री वातावरण निमार्णमा सहयोग पुग्ने जानकारी दिए । विजनेश इन्स्टिच्युटका कार्यकारी अध्यक्ष गैरेले सम्मेलनमा संघीय सरकारका उच्च अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङविद्, दातृ निकायका प्रतिनिधि र निजी क्षेत्रका अधिकारीको सहभागिता रहने जानकारी दिए ।

‘इकोनोमी फर सस्टेनेवल एण्ड रिसाइलेन्ट फिचर’ भन्ने मुल नाराका साथ सम्मलेन आयोजना हुनेछ । जसमा विभिन्न क्षेत्रहरुमा देखिएका जल्दाबल्दा विषयमा केन्द्रित रहेर सघन छलफल, बहस तथा अन्तरक्रिया गरिने छ । उक्त बहस सत्रहरुबाट प्राप्त हुने सुझाव समावेश भएको प्रतिवेदन तीनै तहका सरकारलाई हस्तान्तरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्