बुटवल र भैरहवामा टाटाका नयाँ इभि सार्वजनिक

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभि २०२५ बुटवल र भैरहवामा लन्च गरेको छ । भैरहवास्थित अम्बु मार्केटिङ र बुटवलस्थित सफल मोटर्समा टाटाको बहुप्रतीक्षित गाडीहरु कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभि २०२५ लन्च भएका छन् ।
सो कार्यक्रममा सिप्रदीका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ उद्योग वाणिज्य महासंघ सिद्धार्थनगरका अध्यक्ष नेत्रप्रसाद आचार्य र उद्योग वाणिज्य महासंघ बुटवलका अध्यक्ष हरिप्रसाद अर्यालको सहभागीता थियो ।
सफल मोटर्सका प्रोपराइटर प्रदिप हमालले बुटवलको बाटो सुहाँउदो प्रिमियम र धेरै रेञ्ज भएको गाडीहरु लन्च भएकाले ग्राहकको रोजाइमा विश्वस्त रहेको जानकारी दिए ।