Logo

महालक्ष्मी क्यालेन्डरको डिजिटल संस्करण सार्वजानिक

काठमाडौं– महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण सार्वजनिक गरेको छ । परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै डिजिटल संस्करण सार्वजनिक गरिएको हो ।

महत्त्वपूर्ण चाडपर्व, तिथि, बिदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंगे्रजी संवतका मितिलगायतका सम्पूर्ण विषयवस्तु डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ । नयाँ डिजिटल संस्करण प्रयोगकर्ताका लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीको संस्कृति सम्वद्र्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्