नेपाल बैंक र वात्सल्य नेचुरल आइभिएफबीच सम्झौता

काठमाडौं– नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकलाई वात्सल्य नेचुरल आइभिएफका विभिन्न स्थानमा रहेका अस्पताल र क्लिनिकमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहमा लाग्ने शुल्कमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र ग्राहकलाई प्याथोलोजी र औषधि सेवामा ५ देखि १५ प्रतिशतसम्म र आइभिएफ प्याकेजमा कर्मचारीलाई १५ हजार रूपैयाँ र नेपाल बैंकका ग्राहकलाई १० हजार छुट हुने भएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र वात्सल्य नेचुरल आइभिएफको तर्फबाट डिजिटल तथा मिडिया प्रबन्धक नवीन विष्टले हस्ताक्षर गरे ।
यसबाट बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकले काठमाडौं स्थित नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा र बुटवल मा अवस्थित वात्सल्य नेचुरल आइभिएफका अस्पताल र क्लिनिकहरूले प्रदान गर्ने उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।