सिटिजन्स बैंकको नयाँ अफर सार्वजनिक

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले फोन पे र एफवान सफ्टसँगको सहकार्यमा ‘टपअप र फोन पे डाइरेक्ट गरौँ’ बम्पर उपहार जितौँ’ भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ ।
यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आइफोन १६ प्राप्त गर्न सक्नेछन् । अभियानको मुख्य उद्देश्य डिजिटल कारोबारलाई प्रवर्द्धन गर्दै बैंकको मोबाइल बैंकिङ सेवाको प्रयोग बढाउने हो ।
बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई सजिलो, सुरक्षित र आधुनिक बैंकिङ सेवाको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । यस अभियानमा सहभागी हुन ग्राहकहरूले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमार्फत कम्तीमा १०० रूपैयाँको मोबाइल टपअप र कम्तीमा पाँच सयको फोन पे डाइरेक्ट कारोबार गर्नुपर्नेछ ।
यी कारोबार पूरा गर्ने ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्ने बैंकको भनाइ छ । अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले १०० रूपैयाँको मोबाइल टपअप प्राप्त गर्नेछन् । त्यसैगरी अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई आइफोन १६ प्रदान गरिनेछ । यो अभियान चैत १ गतेदेखि चैत ३१ गतेसम्म सञ्चालन हुनेछ ।