Logo

वार्षिकोत्सवमा पोखरा फाइनान्सको रक्तदान

काठमाडौं– पोखरा फाइनान्स २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सका अध्यक्ष राजकुमार गुरुङले वित्तीय संस्थाका सञ्चालक प्रतिक गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले स्थापनाकालको २८औं वर्षसम्म आइपुग्दा संस्थाले ठूलो संख्यामा ग्राहकलाई अत्याधुनिक बैकिङ सुविधासहितको सेवा प्रदान गरेका बताए । उनले संस्थागत सामाजिक उत्तरदायित्वका काममा समेत सहभागी भई सामाजिक कार्यलाई उच्च प्राथमिकता दिँदै अघि बढिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्