Logo

विश्व रेकर्ड राख्न टुँडीखेलमा ‘बुद्ध वचन’

शनिबार काठमाडौंको टुँडीखेलमा भेला भएका हजारौं नेपालीले एकसाथ गौतम बुद्धको वचन ‘धम्मपद’ वाचन गरेका छन् । आयोजकका अनुसार करिब ७५ हजारको संख्यामा उपस्थितले धम्पपद वाचन गरेका छन् ।
गिनिज बुकमा रेकर्ड राख्न कार्यक्रम आयोजना गरिएको विश्व कीर्तिमानी परिषद् नेपालले जनाएको छ । बुद्ध वचन धम्मपदमा रहेका मध्ये २५ बुँदालाई सहभागीहरुले वाचन गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता सुवास नेम्वाङ, सञ्चारकर्मी रवि लामिछाने, पूर्व मिस नेपाल सुगरिका केसीलगायत सहभागी थिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले दुनियाँमा अझै पनि बुद्धबारे भ्रम रहेको बताउँदै बुद्ध नेपालमै जन्मेका हुन् भनेर कार्यmत्रमले पुष्टि भएको बताए । कार्यक्रममा कलाकार धिरज राईले विदेशमा भएका नेपालीहबाट आफ्नो खातामा जम्मा भएको ४ लाख रुपैयाँ आयोजकलाई बुझाएका छन् । यही कार्यक्रममार्फत बुद्ध नेपालमै रहेको भन्ने सन्देश पनि दिन खोजिएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्