श्री एयरलायन्स अब पोखरामा पनि

पोखरा-श्री एयरलायन्सले काठमाडौं पोखरा हवाई उडान गर्ने तयारी गरेको छ । उक्त तयारी स्वरुप श्री एयरलायन्स कम्पनीको काठमाडौं पोखराको हवाई उडानसमेत सफल परीक्षण भएको छ ।
श्री एयरलायन्सको नाइन एन एएनएफ नम्बरको हजाजले काठमाडौं पोखराको सफल परीक्षण भएको कम्पनीले जनाएको छ । उक्त कम्पनीले यसअघि काठमाडौं जनकपुर र काठमाडौं सिमराको समेत हवाई उडानको सफल परीक्षण गरेको थियो ।
पोखरा काठमाडौं हवाई उडानको सफल परीक्षण भएको श्री एयरलायन्सको ७८ सिटे जहाज रहेको नागरिक उड्डयन कार्यालय पोखराका सूचना अधिकारी देवराज सुवेदीले बताए । नेपाल भ्रमण वर्षको अवसरमा नेपालका मुख्य सहरहरूलाई हवाई उडानमार्फत जोड्न बुद्ध, यती, नेपाल एयरलायन्ससहितका अन्य कम्पनीको साथमा अब श्री एयरलायन्स पनि सक्रिय हुने भएको छ ।