इन्टेक्स इज ब्याक सम्पन्न «

इन्टेक्स इज ब्याक सम्पन्न

इन्टेक्स् मोबाइल्सले हालसालै आफ्नो वितरक सम्मेलन सौराहाको पार्क सफारी रिसोर्टमा सफलतापूर्वक सम्पन्न गरेको छ । ‘सौराहा २०२०, इन्टेक्स इज ब्याक’ नाम दिइएको सो कार्यक्रमको आयोजना बिहीबारदेखि शनिबारसम्म गरिएको थियो । यसभन्दा अगाडिका इन्टेक्स् मोबाइल्सको वितरक सम्मेलनहरू नेपाल बाहिर हुने गरेका थिए भने यसपटक ‘भ्रमण वर्ष–२०२०’ लाई प्रोत्साहन दिन सो कार्यक्रम नेपालमा गरिएको जनाएको छ ।
कार्यक्रममा इन्टरनेसनल बिजनेस प्रमुख विश्वास अग्रवालले कम्पनीको कार्यनीति, दूरदर्शिता र लक्ष्यहरू प्रस्तुत गरेका थिए । छोटो विश्राम पछि ‘इन्टेक्स् २.०’ नामाकरण गरिएको इन्टेक्स्को यो पुनरागमनलाई नयाँ योजना, थप सेवा र उत्कृष्ट वितरक साझेदारहरूसँगको साझेदारीले नयाँ उचाइ दिने उनको भनाइ छ ।
प्राइड इम्पोर्ट एक्सपोर्टका अध्यक्ष दिनेश श्रेष्ठले क्षेत्रीय वितरकहरूका लागि बिमा योजनाको व्यवस्था पनि गरेका छन् जसका लागि माछापुच्छ«े बैंक बैंकिङ पार्टनर र बिमा प्रदायकका रूपमा नियुक्त भएको छ ।
प्राइड इम्पोर्ट एक्सपोर्ट नेपालमा इभोमी मोबाइल्सको एकमात्र आधिकारिक राष्ट्रिय वितरक पनि हो । इन्टेक्स् र इभोमी मोबाइल्सका राष्ट्रिय व्यवस्थापक विनय जोशीको भनाइअनुसार पुनरागमनका लागि थप कार्यनीतिको निर्माण गर्न इन्टेक्स र इभोमी मोबाइल्स हर प्रहर लागि परेका छन् । ४५ क्षेत्रीय वितरकहरूको सहभागिता रहेको शो कार्यक्रमले सबैलाई उत्साहित र समस्त साझेदारहरूलाई गौरवान्वित बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्