हिमालयन बैंक र म्याक्स मनी एसडी एनबीएचडीबीच सम्झौता «

हिमालयन बैंक र म्याक्स मनी एसडी एनबीएचडीबीच सम्झौता

हिमालयन बैंक र विप्रेषणको कारोबार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनी एसडीएनवीएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा र म्याक्स मनीका प्रमुख कार्यकारी अधिकृत मो.अविद हमिदले क्वालालम्पुर मलेसियामा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । साथै दुवै संस्थाका प्रतिनिधिले मलेसियाबाट विप्रेषण सेवा पुनः सुचारु गर्ने नयाँ सम्झौतापत्रमा पनि हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्