रिचार्जरको बिग सेलमा २२ हजार अर्डर

भ्रमण वर्ष–२०२० लाई लक्षित गर्दै सोमबार मोबाइल एप रिचार्जरमा सञ्चालित बिगसेल २०२० सफल भएको रिचार्जरले जनाएको छ । पहिलो पटक रिचार्जरले सञ्चालन गरेको बिगसेलका अफरलाई जनवरी महिनाभरि निरन्तरता दिइने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए । ग्लाइडरका अनुसार बिगसेलका दिन साँझ ६ बजेसम्ममा २२ हजारभन्दा धेरै अर्डर प्लेस भएका छन् । रिचार्जरको इतिहासमा पहिलो पटक आयोजना भएको बिगसेलले इतिहास बनाएको भन्दै ग्लाइडरले आम सेवाग्राही तथा रिचार्जरका प्रयोगकर्तालाई धन्यवाद दिएको कम्पनीले जनाएको छ ।
बिगसेलका दिन सञ्चालन गरिएका अफरमा अरू धेरै अफरहरू थप गर्दै सेवाग्राहीलाई सस्तोमा वस्तु तथा सेवा थप गर्दै लैजाने बताए । सेवाग्राहीको अधिकचासोका कारण बिगसेलका दिन रिचार्जरको मोबाइल एपमा अधिक हिट आउँदा केही समस्या आएको बताएका ग्लाइडरले केही समयमा नै समस्या समाधान भएको बताए । बिगसेलमा देखिएको समस्याबाट आगामी दिनका लागि पाठ सिक्ने अवसर मिलेको भन्दै उनले आगामी दिनमा सेवालाई चुस्त बनाउँदै लैजानेमा विश्वस्त हुन प्रयोगकर्तालाई आग्रह गरे ।