पोखरा फाइनान्सका सीईओले लिए शपथ

काठमाडौं– पोखरा फाइनान्स का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन् । फाइनान्स सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेसँगै गुरुङले केन्द्रीय कार्यालय पोखरामा संस्थाका अध्यक्ष राजकुमार गुरुङबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
कार्यक्रममा अध्यक्ष गुरुङले वित्तीय संस्था तथा नवनियुक्त प्रमुख कार्यकारी अधिकृतका बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए । उनले नेपाल राष्ट्र बैंकको निर्देशिकाको अनुपालना तथा संस्थागत सुशासनबाट संस्थाको साख तथा प्रतिष्ठालाई पुन उचाइमा पुर्याउन र व्यावसायिक सफलता हासिल गर्न नवनियुक्त सीईओ गुरुङलाई शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गुरुङले संस्थामा रहेका चुनौती समाधान गर्दै ग्राहकको सेवामा लाग्ने प्रतिवद्धता जनाए ।