Logo

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहयोग

काठमाडौं– आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौं इन्टिच्युट अफ् चाइल्ड हेल्थलाई आर्थिक सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व आन्तर्गत निर्माणाधीन बाल अस्पताल काठमाडौं इन्टिच्युट अफ् चाइल्ड हेल्थलाई तीस लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

उक्त अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले काठमाडौं इन्टिच्युट अफ् चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा कम्पनीका सञ्चालक राजेन्द्रसिंह भण्डारी, प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठको उपस्थिति रहेको थियो ।

कम्पनीबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुयाउने उद्देश्य लिई स्थापना भएको काठमाडौं इन्टिच्युट अफ् चाइल्ड हेल्थले काठमाडौंको गोल्फुटारमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस्