सिटिजन्स बैंकको दीर्घ सेवा सम्मान

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले बैंकमा १० देखि १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीलाई दीर्घ सेवा सम्मान गरेको छ । बैंकले चैत १ गतेलाई कर्मचारीको दिनकोरुपमा मनाउँदै आएको छ । बैंकले १९ वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा एक महिने वार्षिकोत्सव सम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।
वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा निरन्तर १० वर्ष सेवा प्रवाह गरेका ६१ जना र १५ वर्ष सेवा गरेका १८ जनासहितलाई प्रमाणपत्रसहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका छन् ।
बैंकमा हाल १८ सय कर्मचारी कार्यरत छन् । प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्न कर्मचारीको मिहिनेत, लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरको बताउँदै आगामी दिनमा पनि आफ्नो तर्फबाट सतप्रतिशत योगदान दिन आग्रह गरे ।