Logo

न्यून भिजिविलिटीले विमान आकाशमै ‘होल्ड’

काठमाडौं- प्रतिकूल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा बुधबार आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका हवाई उडान प्रभावित भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मौसम प्रतिकूलका कारण न्यून भिजिविलिटी हुँदा केही कम्पनीका विमान आकाशमै ‘होल्ड’ मा परेका छन् ।

जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको विमान केही समय होल्ड भएपछि अवतरण भएको थियो । यस्तै कतारको दोहाबाट आएको कतार एयरवेज, भारतको नयाँ दिल्लीबाट आएको एयर इन्डिया, मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयर, दुवईबाट आएको फ्लाइ दुवई, धनगढीबाट आएको बुद्ध एयर, पोखराबाट आएको यति एयरलाइन्सका विमान कम भिजिविलिटीका कारण होल्डमा परेको कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्