आठौं दिनमा बढ्यो सेयर बजार, १७.२८ अंकले बढेर २७३६ बिन्दुमा पुग्यो नेप्से परिसूचक

काठमाडौं– अघिल्ला सात कारोबार दिनसम्म लगातार घटेको सेयर बजार बुधबार सामान्य अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्सेपरिसूचक १७.२८ अंकले बढेको हो । यो बढोत्तरी पछि नेप्से परिसूचक २७३६ अंकमा कायम भएको छ ।
एक्सचेन्जका अनुसार बुधबार कारोबारका क्रममा १२. ४२ बजे बजार परिसूचक नेप्से २७४५ अंकसम्म पुगेको थियो । अन्तिमसम्म आउँदा भने २७३६ बिन्दुमा बन्द भएको हो ।
सेयर बजार बढ्दा कारोबार रकम भने सामान्य रुपमा घटेको छ । मंगलबार ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार ८ अर्ब २३ करोडको भएको छ ।
बजारका धेरैजसो सूचक बढेका छन् । बैंकिङ सूचक ०.५३ प्रतिशतले बढेको छ भने फाइनान्स ०.०२ प्रतिशतले बढेको छ । यस्तै होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर ०.८५, लगानी १.७६, जीवन बीमा ०.६४ र उत्पादन समूहको सूचक ०.१८ प्रतिशतले बढेको छ । यस्तै निर्जीवन बीमा समूह ०.४०, अन्य १.५७ र व्यापार ०.२१ प्रतिशत बढेका छन् । माइक्रोफाइनान्स ०.२७ र विकास बैंक समूह ०.३३ प्रतिशतले घटेका छन् ।
बुधबारको कारोबारबाट पिपुल्स हाइड्रोपावरको प्रतिसेयर मूल्य ९.७९ प्रतिशतले बढेको छ। यस्तै प्रभु इन्स्योरेन्सको ७.८९, दिव्यश्वरी हाइड्रोपावरको ७.६७, घलेम्दी हाइड्रोपावरको ६.७१ तथा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६ प्रतिशतले सेयर मूल्य बढेको छ।
यस्तै बुधबारको कारोबारबाट विन नेपाल लघुवित्तको प्रतिसेयर मूल्य १० प्रतिशतले घटेको छ। यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३१, ग्रीन डेभलपमेन्टको ३.८ प्रतिशतले सेयर मूल्य घटेको छ।
एक्सचेन्जका अनुसार बुधबार कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहेका छन् ।