Logo

४० फिट अग्लो शिवलिंग स्थापना गर्ने

पोखरा– धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले पोखरा महानगरपालिका–२६ को सिलिङ्गेमा ४० फिट अग्लो शिवलिंग निर्माण हुने भएको छ । एक करोड २० लाखको लागतमा शिवलिंग निर्माण गर्ने तयारी गरिएको पोखरा महानगरपालिका–२६ का अध्यक्ष नरेन्द्र थापाले बताए ।

उक्त योजनाका लागि चालु वर्षमा वडामार्फत महानगरले ५० लाख रुपैयाँ विनियोजन गरेको उनले बताए । सो शिवलिङ्गको सोमबार एक कार्यक्रमका बिच शिलन्यास गर्दै वडा अध्यक्ष थापाले नौ करोडको डीपीआर तयार गरी निर्माण कार्य अगाडी बढाइएको जानकारी दिए । केही समय अघिदेखि कोटीहोम विवादले पोखराको धार्मिक वातावरण बिग्रेको उनको भनाइ छ ।

उनले संवादबाट समस्याको हल निकाल्न पनि आग्रह गरे । कोटिहोम महायज्ञ विवादको क्रममा उनले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । कोटीहोमका नाममा हिन्दु धर्मका अनुयायीलाई विभाजित बनाउने काम भइरहेको दाबी गर्दै उनले यज्ञ, यज्ञादीले सबैलाई समेट्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्