Logo

टाटाको नयाँ मोडलका गाडी जनकपुरमा

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभी, नेक्सन के३ इभी र टाटा सफारी जनकपुरमा लन्च गरेको छ । जनकपुरस्थित गिरिजा अटोमोवाइलमा कर्भ इभी, नेक्सन के३ र टाटा सफारी लन्च गरिएको छ ।

सो कार्यक्रममा सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापति, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानका साथै मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको उपस्थिति रहेको थियो ।

सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले भने, ‘जनकपुरमा टाटाका नयाँ गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौं । अब ग्राहकले टाटाका इभीहरु २७ लाख ४९ हजारबाट सुरु गरेर ५६ लाख ९९ हजारसम्ममा रोज्न पाउनु हुनेछ ।’

गिरिजा अटोमोवाइल्सका प्रोपाइटर यांदु जैनले जनकपुरमा टाटा इभीको बढी रेञ्ज भएको गाडीको धेरै खोजी भएको बताए । उनले ग्राहकको मागलाई कर्भ ईभी र नेक्सन के३ इभीले त्यो पूरा गरेको बताए । जनकपुरमा लन्च सकेर अब टाटाका नयाँ गाडीको रिजनल लन्च वीरगन्जमा हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्