Logo

म्याक लुब्रिकेन्ट्सको महिला राइडर्स र्‍याली

काठमाडौं– अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म्याक लुब्रिकेन्ट्सले महिला राइडर्सको भेटघाट र र्‍याली आयोजना गरेको छ । सो कार्यक्रम सिप्रदी ट्रेडिङको थापाथली कार्यालयबाट आरम्भ भई ललितपुरको सातदोबाटोमा रहेको स्वीमिङ कम्प्लेक्समा सम्पन्न भएको थियो ।

सिप्रदी ट्रेडिङ भारत पेट्रोलियमद्वारा उत्पादित म्याक लुब्रिकेन्ट्सको नेपालको लागि एक मात्र अधिकारिक बिक्रेता हो । सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठ, सीओओ राजेशप्रसाद गिरी, उपाध्यक्ष सौरवराज थपलिया, ल्युब डिपार्टमेन्ट प्रमुख दिनेश केसी र भारत पेट्रोलियमका कन्ट्री हेड मिहिर ज्योति दत्ताद्वारा राइडर्स र्‍यालीको उद्घाटन गरेका थिए ।

र्‍यालीमा सुरक्षा केसी र वर्षा बस्नेत जस्ता लोकप्रिय इन्फ्लुन्सर तथा राइडर्सलगायत विभिन्न क्षेत्रका उर्जावान महिलाको सहभागिता थियो । सहभागी राइडर्स र खेलका विजेतालाई प्रमाणपत्र वितरण गरी र्‍यालीको समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्