Logo

एनआईसी एशिया क्यापिटलको डायस्पोरा खाता सञ्चालन

काठमाडौं– एनआईसी एशिया क्यापिटलले गैर–आवासीय नेपाली र नेपाल बाहिर बसोबास गर्ने नेपालीलाई लक्षित गरी सेयर खरिद बिक्री गर्न सहज गराउन डायस्पोरा खाता सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ सेवा अन्तर्गत विभिन्न कम्पनीलाई संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ ।

सोहि सेवालाई परिस्कृत गर्ने क्रममा वन स्टप सोलुसन सेवा सञ्चालन गर्न डायस्पोरा खाता सेवा सञ्चालनमा ल्याएको हो । यस सेवा गैरआवासीय नेपाली तथा नेपाल बाहिर बसेर गरी नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी/लगानीकर्ता व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु क्यापिटल मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।

उक्त सेवाले लगानीकर्तालाई एकीकृत रुपमा वित्तीय, कानुनी र कम्पनी सञ्चालनको क्रममा आवश्यकता अनुसारको सम्पूर्ण सहयोग गर्ने बताइएको छ । यो सेवा विषेश रुपमा नेपालमा आर्थिक वृद्धिलाई बढावा दिँदै गैर–आवासीय नेपाली र नेपाल बाहिर बसोबास गर्ने नेपालीलगायतलाई नेपालमा व्यापार व्यवसाय स्थापना तथा सञ्चालन गर्नको लागि सहजिकरण गर्ने महत्त्वपूर्ण भूमिका निर्भाह गर्नु रहेको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्