अमेरिकामा चर्चमा भएको गोली प्रहारमा २६ जनाको मृत्यु, २० घाइते

साउदरल्याण्ड स्प्रिङ, अमेरिका – अमेरिकी राज्य लास भेगासमा गएको ठीक पाँच हप्ताअघि गोली हानी भएको ठूलो नरसंहारपछि आइतबार पुनः त्यस्तै अर्काे नरसंहार दोहोरिएको छ ।
प्राप्त समाचारअनुसार अमेरिकाको सदरल्याण्ड स्पिङस्थित एउटा चर्चमा आइतबार बिहानको प्रार्थनाको समयमा २६ जनाको ज्यान लिने गरी अर्काे हत्याकाण्ड भएको बताइएको छ । यस दुर्घटनालाई पनि अमेरिकाको इतिहासको सबैभन्दा दर्दनाक नंरसहार भनिएको छ । उक्त दुर्घटनामा २६ जना मारिएका छन् भने अरु २० जना नराम्रारी घाइते भएका बताइएको छ ।
अमेरिकाको सदरल्याण्ड स्प्रिङ नामको एउटा सानो नगरमा उक्त हत्याकाण्ड भएको थियो । आइतबार बिहान एकजना अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको थियो । उक्त हत्यापछि सो बन्दुकधारीको पनि मृत्यु भएको छ ।
गोली चलाउने व्यक्ति आफ्नै सवारी साधनमा मृत अवस्थामा भेटिएका छन् । यसलाई भने प्रहरीले अनुसन्धानको विषय बनाएको छ । प्रहरीको गोली लागेर नभई उ आफै कसरी मारिन पुग्यो भनेर प्रहरीले खोजी थालेको बताइएको छ ।
सदरल्याण्ड स्प्रिङमा रहेको फ्रस्ट बाप्टिस्ट चर्चमा आइतबारको बिहानी प्रार्थना चलिरहँदा उक्त बन्दुकधारी प्रवेश गरेर कम्तीमा पनि २० राउण्ड गोली हानेको प्रत्यक्षदर्शीले जनाएका छन् ।