गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा पिजिएम भेटघाट

भैरहवा–गल्फको नेपालको लागि आधिकारीक विबक्रेता नेपाल ल्युब आयलले भैरहवामा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स भेटघाट कार्यक्रम गरेको छ । डिलर न्यू भैरव लुब्रिकेशन, बुटवलको सहकार्यमा आयोजना उक्त मिट कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल ल्युब आयल लिमिटेडका डिलर इन्चार्ज सन्तोष न्यौपानेले भने, ‘यो भेटघाट कार्यक्रम हामीले देशभरी सञ्चालन गर्दै आएका छौँ । यो कार्यक्रमको मुख्य उद्देश्य भनेको विभिन्न क्षेत्रमा रहेका रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंग प्रत्यक्ष भेटघाट गरी उहाँहरुको सल्लाह र सुझाव अनुरुप रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्समैत्री नीति बनाउनु हो ।’
यससँगै पिजिएमहरुलाई नविनतम प्रविधिबारे तालिम प्रदान गर्ने र सहकार्यको उद्देश्यसहित भेटघाट कार्यक्रमको आयोजना गरिएको उनले बताए । कार्यक्रममा नेपाल ल्युब आयलका क्वालिटी कन्ट्रोल इन्जिनियर प्रवेश कर्णले गल्फका विभिन्न उत्पादनबारे जानकारी दिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराए ।