Logo

निक्कीले सुरु गर्‍यो स्वर्गीय प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चर सिरिज

काठमाडौं – नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चर सिरिजको सुरुवात गरेको छ ।
निक्कीले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी लेक्चर सिरिज सुरु गरेको हो । यस्तो सिरिज प्रत्येक दुई वर्षमा गर्ने कार्यक्रम राखिएको त्यस अवसरमा जानकारी दिइयो ।
कार्यक्रममा निक्कीका संस्थापक स्व. राणाले नेपालको औद्योगिक, व्यापारिक तथा समग्र नेपाली अर्थतन्त्रमा पु¥याएको योगदानका बारेमा चर्चा गरिएको थियो । कार्यक्रमका वक्ताहरुले स्वच्छ, पारदर्शी एंव इमानदारी पूर्वक पनि कसरी व्यवसाय गर्न सकिन्छ भन्ने उदाहरण स्वर्गीय राणा भएको बताएका थिए ।
कार्यक्रममा निक्कीका पूर्व अध्यक्ष सिर्जना राणा, वर्तमान अध्यक्ष सुनिल केसी, तारा म्यानेजमेन्टका अध्यक्ष सिद्धार्थ राणा, भारतीय दुतावासका डेपुटी चीफ अफ मिसन प्रशन्न श्रीवास्तवलगायतले नेपालको उद्योग तथा व्यापारमा स्वर्गीय राणाको योगदानका बारेमा मन्तव्य राखेका थिए ।


यस्तै मुख्य वक्ताका रुपमा आमन्त्रित इन्टरनेशनल मनिटरी फण्ड (आईएमएफ) का कार्यकारी निर्देशक एवं भारत सरकारका पूर्व प्रमुख आर्थिक सल्लाहकार डा. कृष्णमुर्ति भेन्कटा सुब्रमनियनले भारतीय र विश्व अर्थतन्त्रका बारेमा जानकारी दिएका थिए । उनले कुनै पनि मुलुकको आर्थिक विकास हुन खुला र उदार आर्थिक नीति आवश्यक रहेको धारणा राखेका थिए । खुला र उदार अर्थतन्त्र अपनाए पछि भारतमा विकासले गति लिएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्