Logo

विमानस्थलमा पूर्वराजा शाहलाई समर्थककाे स्वागत

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएका छन् । पोखरबाट एक हप्ताको भ्रमणपछि उनी आइतबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं फर्किएका हुन् । विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरुले फूलमालाले स्वागत गरेका छन् ।

स्वागतका लागि विमानस्थल पुगेका समर्थकहरुले ‘हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ,’ ‘राजा आउ देश बचाउ’ लगायतका नारा लगाएर स्वागत गरेका छन् । पूर्वराजा शाहलाई स्वागतमा बाजागाजा र पुष्पहारसहित समर्थकहरु विमानस्थल पुगेर स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्