नेपाल भ्रमण वर्ष–२०२० को मस्कट‘रहस्यमय र जादुमय यती’ «

नेपाल भ्रमण वर्ष–२०२० को मस्कट‘रहस्यमय र जादुमय यती’

राष्ट्रपति विद्यादेवी भण्डारीले ईस्वी संवत् २०२० को पहिलो दिन दशरथ रंगशालामा आयोजित नेपाल भ्रमण वर्ष–२०२० अभियानको उद्घाटन समारोहमा अभियानकोे मस्कट ‘रहस्यमय र जादुमय यती’ सार्वजनिक गरिन् ।
नेपाल र सगरमाथा जस्तै नेपाल र ‘यती’ लाई पनि पर्यायको रूपमा परिचित गराउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष–२०२० बोर्डले अभियानको मस्कटको रूपमा ‘यती’ को छनोट गरेको थियो ।
नेपाल भ्रमण वर्ष–२०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फटिह६ फटिको आकारका १०८ वटा यतीको अभूतपूर्व प्रतिमाको विविध स्वरूप तयार गरिरहेका छन् ।
एउटै उद्देश्य प्राप्तिका लागि एक सय जनाभन्दा बढी नेपाली कलाकारहरू एउटै समूह बनाएर यस योजनामा काम गरिरहेका छन् । समावेशी र समग्र नेपाललाई प्रतिनिधित्व गर्ने उक्त योजनामा जातीय, क्षेत्रीय, परम्परा र संस्कृतिका हिसाबले विविधता रहेको छ ।
यस आयोजनाका लागि समाजको विभिन्न क्षेत्र जस्तै साना र मझौला व्यवसाय, व्यक्ति र संस्था, होटल, रेस्टुराँ, ट्राभल एजेन्ट्स, वायुसेवा, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय संस्था र संग्रहालयहरूबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, नेपाल भ्रमण वर्ष सचिवालयका राष्ट्रिय संयोजक सुरज वैद्य, यती कला समूहका प्रेम प्रभात गुरुङ, कुमुदिनी गुरुङ श्रेष्ठ र आङ्ग छिरिङ शेर्पा र अझ भन्नुपर्दा यस किसिमले यतीको उपयोगलाई निर्णायक बनाउन अहम् भूमिका खेल्नेहरूको प्रयासले यो आयोजना संभव भएको हो ।
यतीका कलात्मक प्रतिमाहरू पूर्ण रूपमा तयार भएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय सार्वजनिक स्थलहरूमा प्रदर्शनका लागि राखिने छन् ।

 

प्रतिक्रिया दिनुहोस्