होटल शारा बाई आइडियामा ६० करोडको लगानी «

होटल शारा बाई आइडियामा ६० करोडको लगानी

पोखरा-गैरआवासीय नेपाली संघ (एनआरएन) का सदस्यहरूको लगानीमा पोखराको लेकसाइडमा सम्भवतः हालसम्मकै सबैभन्दा बढी महँगो शुल्क लाग्ने रुम भएको होटल सञ्चालनमा आएको छ ।
सोमबारदेखि सञ्चालनमा आएको होटल शारा बाई आइडियाले पोखरामा हालसम्मकै सबैभन्दा बढी शुल्क लाग्ने रुम भएको होटल सञ्चालनमा ल्याएको हो । विभिन्न पाँच तहमा विभाजित गरिएको रुममा अधिकतम उक्त होटलको रुमको शुल्क ५ सय ५५ अमेरिकी डलर नेपाली करिब ६५ हजार निर्धारण गरिएको सञ्चालक मध्यका एक चक्रपाडी सुवेदीले बताए । स्ट्यान्डर, डिलक्स, सुपर डिलक्स, विशिष्ट भीआईपी, भीभीआईपीसहितको रुमहरू ग्राहकहरूका लागि रहेको सञ्चालक सुवेदीले बताए । उनका अनुसार न्यूनतम ४१ डलर अमेरिकी डलर अर्थात ४ हजार ५ सयदेखि ६५ हजार मूल्यबराबरका रुमहरू उपलब्ध छन् । भुइँ तलासहितको ८ तले पक्की भवनमा करिब ६० करोड लगानी भएको सञ्चालक सुवेदीले बताए ।
उनका अनुसार उक्त होटलमा ६० वटा रुम रहेका छन् । साढे दुई रोपनीमा फैलिएको उक्त होटलमा स्मार्ट प्लाइनेटको प्रयोग, लेटेस मोडलका लिफ्ट, किचन लिफ्ट, मिनि स्वीमिङ पुल, स्पाःसाउना, सेमिनार तथा मिटिङ हल, रेस्टुराँ, तातोपानी कुण्ड, रुफ टफ रेस्टुराँ तथा भ्यू टावरलगायतका सेवासमेत रहेको सञ्चालक सुवेदीले बताए । ५ वर्षीय योजनामा अघि बढेको उक्त प्रोजेक्ट २ महिनाअघि नै सकिएको उनले जनाए ।
उक्त होटलको मुख्य लगानी कर्ता भने सहारा सुवेदी हुन् । उनका श्रीमान सुवेदी हुन् । कास्कीकोट हुँदै पोखरादेखि हाल उनको परिवार जापानमा बस्दै आएका थिए । सुवेदी परिवारसहित एनआरएन र आइडिया फर नेपाल तथा आइडिया फर वल्र्डको संयुक्त लगानीमा उक्त होटल सञ्चालनमा आएको हो । उक्त होटल उद्घाटनको अवसरमा विशेष गरी १० देखि ३० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । चीन, भारत, बंगलादेश, बर्मा, थाइल्याण्ड, जापान, अमेरिकनसहितका युरोपियन मुलुकका पर्यटक ६० प्रतिशत र बाँकी ४० प्रतिशत नेपाली लक्षित गरिएको उनले जनाए । उक्त होटलमा आपतकालीन ढोकाहरू राखिएको अर्को विशेषता रहेको बताउँदै सञ्चालक सुवेदीले होटलमा सरसफाइमा विशेष ध्यान दिने जनाए ।
यसैबीच, उक्त होटलको एक समारोहकाबीच गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष कुमार पन्तसहितका अन्य एनआरएनहरूले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै एनआरएन अध्यक्ष पन्तले नेपालका होटलहरूमा सफाइमा धेरै चुकेको उनले गुनासो गरे । नेपालमा बाहिरको पुँजी भित्र्याउँदै देशको समृद्धि हासिल गर्न सकिने बताए । नेपालमा नयाँ प्रविधि भित्र्याउन आफूहरू कटिबद्ध भएको उनले जनाए । उक्त होटलमा हाल करिब ५० भन्दा बढीले रोजगार पाएका छन् ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विलक तुलाचनले सामान्यतया पोखरामा हालसम्म प्रतिएक रुमको ४ सय अमेरिकी डलरसम्मको रहेकोमा सहारा होटलमा ५ सय ५५ डलर हुनु पोखरामा सबैभन्दा बढी महँगो अर्थात बढी उच्च गुणस्तरको होटल भएको बताए । नेपाल भ्रमण वर्षको अवसरमा यस्ता गुणस्तरका होटल पोखरामा आवश्यक भएको उनले बताए । विश्व र नेपालका उच्च लेवलका पर्यटक लक्षित यस्ता होटलले गुणस्तरीय पर्यटक आगमनमा हुने अध्यक्ष तुलाचनले बताए ।
महानगरमा अबैध होटल बन्ने क्रममा रोकिएन
पोखरामा अबैध रुपमा होटलहरू खुल्ने क्रम जारी रहेको छ । पोखरा महानगरपालिकाले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडम हालसम्म दुई तलासम्मको नक्सापास अनुमति दिएको पोखरा महानगरपालिकाका वरिष्ठ इन्जिनियर शारदा मोहन काफ्लेले बताए । पोखरामा अबैध रुपमा अग्ला भवनहरू बन्दै गएमा हाल महानगरले अध्यावधिक गरी तीन गुणा राजस्व असुली गरी अघि बढाउने प्रक्रियामा रहेको उनले जनाए ।
अबैध रूपमा स ञ्चालनमा आएको सुइस इन्टरनेसनल होटलसंगै रहेको होटल शारा बाई आइडियाले उक्त होटल पोखरा महानगरापालिकाबाट बाँकी ५ तलाको नक्कापास लिएको छैन । पोखरामा मापदण्डविपरीत किन होटलमा लगानी गर्नुभएको भन्ने हाम्रो प्रश्नमा होटल सञ्चालक पार्टी प्रतिआक्रोश पोखेका छन् । उनले भने, “हाम्रा नेता कागें्रस, नेकपा, समाजवादी, फोरमबाट आए पनि उहाँहरूले सपना देखाउँदा सिंगापुरका दुबई, जापानको ठूला भवन र जापान, अमेरिका, युरोपको विकासको देखाउने तर जमिनको भिजिविलिटी, योग्यता, आवश्यकता, लगानी गर्न सक्ने अबस्थामा छन भने फेरि नेपालमा किन दुई तले एक तले, तीन तले भवन भनेर रोक्ने यो ठूलो प्रश्न मैले देखिरहेको छु ।” महानगरले भुइँ तलादेखि तीन तलासम्मको भवन सम्पन्नताको मात्र प्रमाणपत्र लिएको उनले बताए । उक्त होटल हाल ८ तले रहेको छ भने टावरसहित जोड्दा ११ तले पुग्छ ।

 

प्रतिक्रिया दिनुहोस्