Logo

वीरगन्ज गोल्डकपको उपाधि पुलिसलाई

वीरगन्ज– दोस्रो वीरगन्ज गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले हात पारेको छ । शनिबार भएको फाइनलमा मच्छिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गर्दै यस वर्षको उपाधि उचालेको हो । पुलिस क्बल साविक विजेता पनि हो । गत वर्ष पुलिस क्लबले अर्को विभागीय टोली नेपाल आर्मीलाई पराजित गरेर उपाधि जितेको थियो ।

यस पटक पनि पुलिस क्लब उपाधि हात पार्न सफल भएको छ । मधेस प्रदेशकै सर्वाधिक राशी पुरस्कार रहेको प्रतियोगितामा विजेताले ११ लाख ११ हजार १११ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ । वीरगन्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा एउटा विदेशी र सातवटा स्वदेशी गरी आठ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्