Logo

महिला गोल्डकपको उपाधि एपीएफलाई

इलाम– दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधि एपीएफ क्लबले हात पारेको छ । आर्मी र एपीएफ क्लब भएको शनिबार भएको फाइनल खेलमा विभागीय टोली आर्मीलाई एक गोलका विरुद्ध दुई गोल गर्दै एपीएफले उपाधि कब्जा गरेको हो । एपीएफले खेलको २५औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै सुरुवाती अग्रता लिएको थियो ।

एपीएफकी सविता रानालाई आर्मीको डी बक्स एरियामा फल्ड गरेपछि पाएको पेनाल्टीलाई गीता रानाले सदुपयोग गर्दै गोल गरिन् । पहिलो हाफमा १ गोल गरेको एपीएफले दोस्रो हाफमा पुन: गोल गर्दै अग्रतालाई दोब्बर बनायो । दोस्रो हाफमा एपीएफकी सविता राना मगरले गोल गर्दै अग्रतालाई दोब्बर बनायो ।

आर्मीले दोस्रो हाफमा गोल गर्दै अग्रतालाई कम गर्‍यो । आर्मीको लागि फरवार्ड विमला चौधरीले गोल गर्दै अग्रता घटाएकी थिइन । अन्तिम समय सम्म आर्मीले खेलमा फर्किन कोसिस गरे पनि सकेन । उपाधि सँगै एपीएफले नगद ४ लाख र ट्रफी प्राप्त गर्‍यो । उपविजेता बनेको आर्मीले नगद २ लाखमा चित्त बुझाउनु पर्‍यो ।

प्रतिक्रिया दिनुहोस्