Logo

निर्यातकर्ता उद्योगी सम्मानित

भैरहवा– सिद्धार्थ उद्योग वाणिज्य संघले भारत तथा तेस्रो मुलुकमा सबैभन्दा बढी सामान निर्यात गर्ने यस क्षेत्रका दुई उद्योगलाई सम्मान गरेको छ । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्स प्रालिलाई तेस्रो मुलुकमा बढी निर्यात गरेकोमा र जगदम्बा स्पिनिङ मिल्सलाई भारतमा सबैभन्दा बढी निर्यात गरेकोमा सम्मानित गरिएको हो ।

जगदम्बा स्पिनिङबाट धागो (यार्न) भारतमा निर्यात हुँदै आएको छ । भैरहवा नाका हुँदै सबैभन्दा बढी निर्यात हुने वस्तुमा धागो पर्दछ । निर्यातकर्ता उद्योगलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संघको ६६औं वार्षिक साधारणसभा तथा अधिवेशनमा सम्मानित गरेका हुन् ।

सोही अवसरमा वाणिज्यतर्फको पुरानो व्यावसायिक प्रतिष्ठान न्यू पशुपतिनाथ फेन्सी हाउसका सञ्चालक रन्जनकुमार अग्रवाल, उद्योगतर्फ व्यावसायिक प्रतिष्ठान महेश इट्टाका सञ्चालक सागर आसवानी र कर्पोरेटतर्फ औद्योगिक प्रतिष्ठान सिद्धार्थ आयलका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवाल सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्