रामेछाप उवा संघमा घिमिरे विजयी «

रामेछाप उवा संघमा घिमिरे विजयी

मन्थली- रामेछाप उद्योग वाणिज्य संघको आइतबार सम्पन्न निर्वाचनमा सोमबार सार्वजनिक अन्तिम मत परिणाम अनुसार केशव घिमिरे विजयी भएका छन् । उनले ४ सय ८६ मत प्राप्त गरी बिजयी भएका हुन । उनका निकट्तम प्रतिद्वन्द्वी जगन्नाथ दाहाल (जे एन)ले ४ सय ७७ मत प्राप्त गरेका थिए । घिमिरेले दाहाललाई ९ मतको अन्तरले पछाडि पारेर विजयी भएका हुन् ।
यसरी नयाँ निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष नविन थापामगर, वाणिज्य उपाध्यक्षमा भीमसेन थापा, उद्योग उपाध्यक्षमा दामोदार थापा, महासचिवमा नवराज ढुंगेल, सचिवमा सुरेश उदाश कोषाध्यक्षमा पवन कठायत छन् भने सदस्यहरूमा कुमार श्रेष्ठ, यज्ञ सुबेदी, सुमिका श्रेष्ठ, राजु थापा र किशोर पौडेल छन् ।
कुल १ हजार ९९ मतदाता रहे पनि ९ सय ९२ मत खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्