राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पतालबीच सम्झौता «

राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पतालबीच सम्झौता

काठमाडौं, कान्ति बाल अस्पतालको निस्क्रिय अवस्थामा रहेको ब्लड बैंक सेवालाई पुनः सुचारु गरी सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पतालबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुरुप काठमाडौं जिल्लराउन्ड टेबल २२ (राउन्ड टेबल नेपालको अंश) ले ६ जना स्वयंसेवकलाई लाग्ने खर्च बेहोर्ने गरी उक्त सेवा पुनः सञ्चालन गरिनेछ ।
रगतको सहज उपलब्धता अस्पतालको सेवा लिन आउने लाखौं बच्चाका लागि महत्वपूर्ण विषय भएकाले राउन्ड टेबल नेपालको यस कार्यले भविष्यमा नेपाली सर्वसाधारण र खासगरी बच्चाहरूलाई हित गर्ने विश्वास लिइएको छ । यसका साथ साथै राउन्ड टेबल नेपालले अस्पतलाई थप सहयोग पुग्ने गरी नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्ने छ ।
गत अक्टोबर २०१९ मा पुनः सञ्चालनमा ल्याइएको यस ब्लड बैंकले आजसम्म करिब १० औं हजार बालबालिकाको हित गरेको छ र आउँदा दिनहरूमा यसले निरन्तर सेवा पु¥याउनेछ । राउन्ड टेबल नेपाल बालबालिकाहरूको बृहत्त रहित, राम्रो शिक्षा र स्वस्थजस्ता महत्वपूर्ण विषयमा सेवा पु¥याउने उद्देश्य बोकेको समाज सेवामा समर्पित युवाहरूको समूह हो ।

प्रतिक्रिया दिनुहोस्