कृषि विकास बैंकको ध्यान सहुलियत कृषि अनुदान कर्जामा «

कृषि विकास बैंकको ध्यान सहुलियत कृषि अनुदान कर्जामा

कृषि विकास बैंकले सरकारले सञ्चालनमा ल्याएको सहुलियत कृषि अनुदान कर्जालाई प्राथमिकता दिएर अगाडि बढाइरहेको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बैंकले जनाएअनुसार विगत १ वर्षमा बैंकले २ हजार ५ सयभन्दा बढीलाई करिब ५ अर्ब ५८ करोड कर्जा लगानी गरेको छ ।
बैंकले प्रदेश कृषि मन्त्रालय, ग्रामीण प्रविधि केन्द्र, हेफर इन्टरनेसनल र किसान महासंघ, युवा परिषद्सँगको सहकार्यमा यस्तो कर्जा विस्तार गर्ने भएको छ । यस्तै, बैकले साना तथा मझौला व्यवसायीलाई नै केन्द्रमा राखेर सेवा दिँदै आएको छ । कुल कर्जाको ८४ प्रतिशत रकम यो क्षेत्रमा जारी गरेको जानकारी दिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायका अनुसार बैंकले सबै नेपालीको बचत खाता अभियानअन्तर्गत ५२ हजारभन्दा बढी खाता खोल्न सफल भएको छ । यी खातामा करिब ३४ करोड ५३ हजार रकम निक्षेप संकलन भएको छ । बैंकमा कुल १२ लाख ६ हजार निक्षेप खाता खोलिएका छन् भने कुल १ खर्ब २७ अर्ब निक्षेप रहेको छ । कुल १ खर्ब १७ अर्ब कर्जा लगानी गरेको बैंकमा ४ अर्ब २३ करोड खराब कर्जा छ । यसमा गत आवको तुलनामा सुधार भएको हो ।

प्रतिक्रिया दिनुहोस्