Logo

एनसेल बन्यो तेस्रो संस्करणको ‘नेपाल सुपर लिग’ टाइटल स्पोन्सर

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको टाइटल स्पोन्सरका रूपमा एनसेल अनुबन्धित भएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले शुक्रबार कार्यक्रम आयोजना गरी एनसेललाई एनएसएलको टाइटल स्पोन्सर घोषणा गरेको हो ।

नेपालमा फुटबल खेल प्रवर्द्धन गर्दै नेपाली फुटबल प्रेमीलाई मनपर्ने खेल अझ बलियो बनाउन एनसेलसँगको सहकार्यले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । त्यस्तै, यस सहकार्यले देशका उदीयमान खेलाडीलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्यसमेत कम्पनीले राखेको छ ।

सन् २०२१ देखि सुरु भएको एनएसएल अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा आयोजना हुँदै आएको छ । सन् २०२५ मार्च २९ बाट सुरु हुने एनएसएलमा बुटवल लुम्बिनी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं एफसी रेजर्स, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी गरी ७ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

एनसेलसँगको सहकार्यले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउने र बलियो फुटबल संस्कृति निर्माणमा सहयोग हुने नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयांश कार्कीले बताए । ‘हामी एनसेललाई एनएसएलको टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित छौं । यो साझेदारीले नेपाली फुटबललाई थप उचाइमा पुर्‍याउने छ र बलियो फुटबल संस्कृति निर्माणमा सहयोग गर्ने छ,’ उनले भने । त्यसैगरी एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘नेपाल सुपर लिगसँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ । हामी फुटबलाई समाजसँग जोड्ने र सकारात्मक परिवर्तन ल्याउनेमा विश्वास गरेका छौं।’

यो सहकार्यको थिम भएको र विकास, नवीनता तथा उत्कृष्टताप्रति समान समर्पणको भावना दर्शाउने खेलकुद क्षेत्रप्रति रहेको गहिरो सम्मान र आकर्षणलाई प्रतिविम्बित गर्ने उनको भनाइ छ । एनसेलले अघिल्लो वर्षदेखि नै नेपाल सुपर लिगसँग सहकार्य गर्दै आएको छ । यस लिगमार्फत एनसेलले फुटबल प्रतिभा प्रवर्द्धन गर्नुका साथै नेपालमा खेल पूर्वाधार सुधार गर्न प्रतिबद्धता दोहोर्‍याएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्