नेपाल एसबिआई बैंक र स्काईलाईन इन्फ्राबीच सम्झौता

काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेड र स्काईलाईन इन्फ्रा लिमिटेड वीरगन्जबीच सम्झौता भएको छ ।
उक्त सम्झौता अनसुार बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ लगायत अन्य सुबिधामा १५ प्रतिशत र आवास सुविधामा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।
उक्त सम्झौतापत्र बैंकका मधेश प्रदेश प्रमुख, उदय पन्जीयार थारु र स्काईलाईन इन्फ्राका निर्देशक अंकुर भंगर अग्रवालले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंकका वीरगन्ज शाखाका प्रबन्धक राकेश महर्जन र बैंक तथा होटेलका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।