Logo

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ फागुन २७ बाट

काठमाडौं– ओम मेगाश्री फर्मास्यूटिकल्सले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १४ करोड ७६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा चैत ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त अवधिमा माग अनुसार आवेदन नपरे चैत १२ गतेसम्म समय थप गरिने कम्पनीले जानकारी दिएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत् आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्