‘टाटा दशैं वम्पर लक्की ड्र’को उपहार घोषणा «

‘टाटा दशैं वम्पर लक्की ड्र’को उपहार घोषणा

सिप्रदी ट्रेडिङ्ग प्रालिले दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम आयोजना गरेको छ । टाटा मोटर्सले दशैं, तिहार लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि विभिन्न आकर्षक पुरस्कारहरु सहित योजना गरेको उक्त लक्की ड्र को यही माघ ३ गते काठमाडौंको हायात होटलमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति सहित उपहार वितरण गरिएको हो ।
बुटवल, हेटौंडा, इटहरी, नेपालगञ्ज तथा पोखरामा लक्की ड्र को कार्यक्रम पौष २१ गते आयोजना गरिएको थियो । देशैभरबाट कुल १७३२ जना ग्राहकहरुले उक्त लक्की ड्र मा सहभागिता जनाएका थिए। जसमध्ये ७६ जना भाग्यशाली ग्राहकहरुले विभिन्न उपहारहरु तथा विदेश भ्रमणको अवसर प्राप्त गरेका छन् । कुल विजेतामध्ये १३ जना ग्राहकहरुले एलजी को ३१० लिटर क्षमताको डबल डोर फ्रिज, १३ जनाले एलजी को ८ के.जी क्षमताको वासिङ्ग मेसिन, १३ जनाले सामसङ्गको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ ईन्च फोर के इन्टरनेट टि.भि र ७ जोडीले क्रुजमा घुम्ने अवसर प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्