उड्ने कारमा टोयोटाको साढे ३९ करोड डलर लगानी «

उड्ने कारमा टोयोटाको साढे ३९ करोड डलर लगानी

जापानको टोयोटा कम्पनीले उड्ने कार निर्माणको लागि ३९ करोड ४० लाख अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।
विश्वकै अग्रणी कार निर्माता टोयोटा मोटर कम्पनीले अमेरिकी कम्पनी मार्फत गुड्ने र उड्ने सुविधा युक्त अत्याधुनिक कारको निर्माण गर्न लागेको जनाएको छ ।
टोयोटाले अमेरिकाको क्यालिफोर्नियामा रहेको जोबि एभिएशन कम्पनी मार्फत व्यावसायिक रुपमा उड्ने कार निर्माण गर्ने सम्झौता गरेको जनाएको छ ।
व्यावसायिक रुपमा उत्पादन गरिने यस्ता उड्ने कारमा सवार भएर एक शहरबाट नजिकको अर्को शहर सम्म यात्रामा जान सकिनेछ ।
टोयोटा कम्पनीले उड्ने कार पूर्ण रुपमा बिजुलीबत्ती चार्जबाट मात्र चल्ने जनाएको छ । कम्पनीले दाबी गरे अनुसार सडकमा सामान्य कारजस्तै गरी गुड्न सक्ने यो कारबाट एकस्थानबाट उडेर अर्को स्थानमा जमिनमा सजिलै अवतरण हुनसक्ने विशेषता हुनेछ ।
उड्ने कार अमेरिकी कम्पनीले निर्माण गर्ने भएपनि टोयोटा कम्पनीको विशेषज्ञताको साथसाथै प्रविधि र गुणस्तरितामा दुवै कम्पनीको साझेदारी हुनेछ ।
उड्ने ट्याक्सीको विकासमा संलग्न जर्मन कम्पनी लिलियुम जेटले गत वर्ष नै दुईवटा उड्ने ट्याक्सीको परिक्षण उडान सिंगापुरमा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्