कुमारी बैंक र के ल्याबबीच सम्झौता

काठमाडौं- कुमारी बैंक लिमिटेड र भाटभटेनी टंगाल, काठमाडौंस्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब) बीच विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिंदै आएका सेवामा बैंकका ग्राहकलाई आन्तरिक ल्याब टेष्टमा २० प्रतिशत र बाह्य ल्याब टेष्टमा १० प्रतिशतसम्म छुट दिने सम्बन्धमा सम्झौता भएको हाे ।