कामना सेवा र ओम्नी मोटर्सबीच सम्झौता

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र ओम्नी मोटर्स प्रा. लि. बीच व्यापार सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौताअनुसार ओम्नी मोटर्स प्रा. लि.मार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा भारत बेन्ज ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र ओम्नी मोटर्स प्रा. लि. को तर्फबाट निर्देशक उदयन काब्रााले हस्ताक्षर गरे ।