Logo

एलजीको नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

काठमाडौं– गर्मीयाम सुरु भएसँगै एलजीले फ्रि एसी सर्भिस क्याम्प सञ्चालनमा ल्याएको छ । फागुन २० गते सीमित अवधिका लागि देशभरका ग्राहकका लागि नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प योजना अघि सारेको कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क सर्भिसिङ र जुनसुकै अवस्थाको पुरानो एसी नयाँसँग साट्न सकिनेछ । पूरानो एसीमा ५० प्रतिशतसम्मको थप मूल्यांकन पाइने कम्पनीले जनाएको छ ।

देशभरका सोरुममा यो सुविधा उपलब्ध भएको कम्पनीले जनाएको छ । १९५८ मा स्थापित दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनीका घरेलु उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोल्युसन, र बिजनेस सोल्युसन सामग्री एक सय देशमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्