Logo

ग्यासको मूल्य बढाउने सहमतिसँगै आन्दोलन फिर्ता

काठमाडौं- एलपी ग्यास उद्योगीले सरकारसँग ५ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता लिएका छन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितका सरकारी प्रतिनिधि र उद्योगीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो ।

मंगलबार भएको छलफलपछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसा बढाउने सहित ५ बुँदे सहमति भएको छ । सहमतिसँगै अब ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ९ सय १० बाट बढेर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्