धितोपत्र बजार सम्बन्धी अभिमुखिकरण

सुर्खेत– सुर्खेतमा कार्यरत पत्रकारहरुलाई धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानी कर्ता साक्षरता तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्डले पत्रकार महासंघ कर्णाली प्रदेशसंगको समन्वयमा सोमबार वीरेन्द्रनगरमा सचेतना अभिवृद्धि कार्यक्रम गरेको हो ।
नेपाल धितोपत्र बोर्डका उप–कार्यकारी निर्देशक तेजप्रसाद देवकोटाले सञ्चारकर्मीमार्फत आम लगानीकर्ता एवं सर्वसाधारणमा जानकारी फैलाउने उद्देश्यले कार्यक्रम गरिएको बताए । उनले कर्णाली प्रदेशमा वित्तीय साक्षरता दर ५९.७५ प्रतिशत रहे पनि सेयर बजारमा सहभागिता न्यून रहेको बताए ।
नेपालभर ६६ लाख ९८१ डिम्याट खाता रहेकोमा कर्णाली प्रदेशबाट ३ प्रतिशत मात्रै सहभागिता रहेको छ । सचेतना अभिवृद्धि कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले आर्थिक विकासका लागि नागरिकसँग भएको पुँजी परिचालन आवश्यक रहेको बताइन् ।