दार्चुलाको खलंगामा प्रभु बैंकको शाखा

काठमाडौं– प्रभु बैंकले दार्चुलामा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ । बैंकले महाकाली नगरपालिका–४ स्थित खलंगामा १८ गतेदेखि ३१२औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
बैंकले शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरिरहेको जनाएको छ ।
सो शाखा कार्यालयको उद्घाटनमा बैंकका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुखलगायत स्थानीय बासिन्दा, सर्वसाधारणको उपस्थिति थियो ।
यसबाट स्थानीय व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ । दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकको सेवा अब देशका ७७ वटै जिल्लामा विस्तार भएको छ ।